Logo

अन्तर्राष्ट्रिय

नक्कली बिहे गरेर मानव तस्करी, नेपाल-भारत हुर्दै यसरी फैलिएको छ जालो



नेपाली युवतिहरुलाई युरुोपियन देशहरुमा पुर्याउनका लागि तस्करले नयाँ माध्याम अपनाएका छन् । तस्करले नेपाली चेलीलाई भारतिय भारत हुदै अन्य देशहरुमा पुर्याउाने गरेका छन् ।

जर्मन प्रहरीले सोहि तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसंग मिलेर अप्रेसन सुरु गरेको थियो ।

प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवसीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरुसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्समा न्युज सार्वजनिक भएको छ ।

अहिले जर्मनी केन्द्रीय रहे पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार यूरो अर्थात १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले नक्कली बिहेमार्फत युरोपको आवास अनुमति लिएको म्युनिख स्थित संघीय प्रहरी निर्देशनालयलाई उघृत गर्दै फस्र्टपोस्टले लेखेको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ७ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।