Logo

समाचार

डलर बेच्दै भारु किन्दै : रेमिट्यान्सले धानेको अर्थतन्त्र धराशायी हुने क्रममा



बहुमुल्य विदेशी मुद्रा बिक्री गर्दैै भारतीय रुपैंया किन्ने नेपालको वाध्यता कायमै रहेको छ । चालु आर्थिक वर्ष २०७५।७६ को पहिलो छ महिनामा मात्रै नेपालले २ खर्ब ७४ अर्ब ५७ करोड नेपाली रुपैंया बरारबको भारु खरिद गरेको छ ।

यस अवधिमा २ अर्ब १६ करोड अमेरिकी डलर, २ करोड ८० लाख यूरो, २ करोड पाउण्ड स्टर्लिङ्ग, १८ अर्ब जापानी येन तथा २० करोड चिनीयाँ युआन बिक्री गरी रु २ खर्ब ७४ अर्ब ५७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको मुुलुकको आर्थिक वर्ष २०७५ / ७६ को मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षामा उल्लेख गरिएको छ । नेपालीहरुले विप्रेषणका रुपमा कमाएर देशमा पठाएको ठूलो रकम भारु खरिद गर्न प्रयोग भई रहेको अर्थविद्हरुको भनाई रहँदै आएको छ ।

भारतको अर्थतन्त्रलाई फाइदा हुने गरी मुलुकको समग्र अर्थनीति तर्जुमा गरी लागु गर्ने प्रचलनका कारण भारततर्फको निकासी वृद्धि हुन सकिरहेको छैन भने नेपाली बजार भारतका उत्पादनका लागि आकर्षक बजारका रुपमा स्थापित भईरहेको छ ।

स्वदेशमा उत्पादनको वातावरण दिनानुदिन विग्रिदै गएको र लगानीका लागि शर्तमाथि शर्त स्थापित हुँदै गएको र सामाजिक सुरक्षाका नाममा उद्यमीहरुले धान्नै नसक्ने खालको प्रावधान राखेर नेपालमा उद्योग खोल्ने कार्य सदाका लागि बन्द गर्ने षडयन्त्र भईरहँदा भविष्यमा नेपालीको रेमिट्यान्स भारु खरिद गर्न अझ प्रयोग हुने लगभग निश्चित छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ०५:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।