Logo

प्रमुख समाचार

ओलीलाई माओबादिको चेतावनी : पाँच वर्ष सरकार चलाउन दिए मुलुक ध्वस्त, सडक आन्दोलनबाटै सरकार ढाल्ने



वर्तमान प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार चलाउन दिए मुलुक ध्वस्त हुने क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले बताएका छन् । उनले सोहि कारणले ओलीलाई सरकार छाड्न सुझाव सहित चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको अहिलेको सरकारबाट आशा गर्ने ठाउँ नरहेको उनले स्पष्ट पारेका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गर्दा यस्तो गति छ । फेरी पनि हामीले ओलीले भनेका कुरा गर्दै गयौ भने देश अझै दुर्गतितर्फ जान लागेको संकेत गरेको टिप्पणी गरे। संविधान अनुसार वर्तमान सरकार पाँच वर्ष चल्नलाई कसैले नरोके पनि यो सरकार सडक आन्दोलनबाटै ढाल्नुपर्ने उनको भनाइ छ । यसैले आफुहरु यसको लागि तयार रहेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ०६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।