नेपाली कांग्रेस सभापति शेर बहादुर देउवालाई सिद्ध्याउने षड्यन्त्र कांग्रेसमा सुरु भएको छ । सभापति देउवालाई सिद्ध्याउन ५६ जिल्लाका सभापतिहरु लागि परेका छन् ।
यि सभापतिहरु देउवाले महासमिति बैठकको भावना विपरीत विधान पास गरका भन्दै आक्रोषित बनेका हुन् । अहिले सोकि कारणले उनीहरु देउवा विरुद्ध लागेका हुन । उनीहरुले देउवालाई तत्काल निर्णय नसच्याए विशेष महाधिवेशन बैठक बोलाउने चेतावनी समेत दिएका छन ।
कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहो¥याएर अवसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यवद्धता जनाएका थिए ।
महासमिति बैठकका दौरान जिल्ला सभापतिहरुले उठाएको र सभापति शेरबहादुर देउवाले प्रतिबद्धता जनाएको विषय छलेर विधान पारित गरिएकोमा ५६ जिल्लाका सभापतिहरुले आपत्ति जनाएका हुन् ।
जिल्ला सभापतिहरुल्वारा जारी विज्ञप्तीमा भनिएको छ,उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको दर्ता नम्बर ९३ महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ । यसैले उनीहरुले आफ्नै पार्टिका शिर्ष नेताविरुद्ध आन्दोलन थालेका हुन् । असन्तुष्ट पक्षका सभापतिहरु प्रदेश १ मा
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ । यसैले उनीहरुले आफ्नै पार्टिका शिर्ष नेताविरुद्ध आन्दोलन थालेका हुन् । असन्तुष्ट पक्षका सभापतिहरु प्रदेश १ मा १२ जना, प्रदेश २ मा २ जना, प्रदेश १० जना, प्रदेश ४ बाट ८ जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा १० जना, सुदुरपश्चिम प्रदेशबाट ४ जना सभापतिहरु रहेका छन् ।
असन्तुष्ट सभापतिहरुको नामावली, जिल्ला र प्रदेशको सुची यसप्रकार छः
प्रदेश १
१. लिला देवी बोखिम — ताप्लेजुंग
२. नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३. हिमालय कर्माचार्य — ईलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेश कुमार श्रेष्ठ — खोटांग
८. बिनोद बस्नेत — सोलुखुम्बु
९. राजिब कोइराला — सुनसरी
१०. डिग बहादुर लिम्बु — मोरंग
११. बिदुर बस्नेत — गाईघाट
१२. दिपेन कुमार श्रेष्ठ – संखुवासभा
प्रदेश नम्बर २
१. कृष्ण देव यादव — रौतहट
२. अजय दुवेदी — पर्सा
प्रदेश नम्बर ३
१. उज्जल बराल — सिन्धुली
२. मधु आचार्य — काभ्रे
३.लवश्री न्यौपाने — रामेछाप
४. बिकाश लामा — सिन्धुपाल्चोक
५. जगदीश नरसिंह केसी — नुवाकोट
६. दुर्लभ थापा — भक्तपुर
७. सबुज बानिया — काठमाडौँ
८. पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९. रमेश धमला — धादिंग
१०. जित नारायण श्रेष्ठ — चितवन
गण्डकी प्रदेश
१. बैकुण्ठ न्यौपाने — तनहुँ
२. कृष्ण केसी —कास्की
३. खम्ब गर्बुजा —म्याग्दी
४. यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५. कुमार राणा —स्याङजा
६. बिष्णु प्रसाद लामिछाने —नवलपुर
७. भेष बहादुर पौडेल —लम्जुङ्ग
८. हरि ब घले —गोरखा
प्रदेश नम्बर ५
१. अर्जुन पोखरेल —परासी
२. बिर बहादुर राणा —पाल्पा
३. भुवन श्रेष्ठ —गुल्मी
४. बिष्णु प्रसाद खनाल ‘मुश्कान’ —अर्घाखाची
५. सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६. अम्मर प्रसाद भण्डारी — प्युठान
७. अमर सिंह पून —रोल्पा
८. केशर मान रोका —पूर्व रुकुम
९. किरण कोइराला —बाँके
१०. संजय गौतम — बर्दिया
कर्णाली प्रदेश
१. खड्ग बहादुर शाही — मुगु
२. दिप बहादुर शाही —जुम्ला
३. हर्ष बहादुर बम —कालिकोट
४. कृष्ण कुमार बिसी — दैलेख
५. कमल राज रेग्मी —सुर्खेत
६. प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७. गणेश बहादुर चन्द —सल्यान
८. दिपक जंग शाही — जाजरकोट
९. जयपति रोकाया —हुम्ला
१०. अंगत बुढा —डोल्पा
सुदुरपश्चिम प्रदेश
१. कर्ण बहादुर मल्ल —डडेल्धुरा
२. ललित सिंह बोहरा —दार्चुला
३. नरेन्द्र सिंह थापा —बैतडी
४. हर्क जंग बहादुर सिंह —बझांङ्ग



















प्रतिक्रिया