Logo

राजनीति

ओली–महतोबीच अनाैठाे आन्तरिक कनेक्शन, के होल संविधान संसोधन ?



प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टि (राजपा)को अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोबीचको आन्तरिक कनेक्सनले हरेकमा संका पैदा गरको हुन्छ । यि दुबै नेता नेपालको राजनितीमा अत्याधिक चर्चामा रहने नेतापनि हुन । यिनीहरुले भाषण गर्दा प्रहार गर्ने ब्यांग्यात्म र हास्यास्पद तिखा बाणहरुकै कारण चर्चामा रहँदै आएका छन् ।

प्रधानमन्त्री ओलीलाई प्राय नेपाललीले हसाउने नेताको रुपमा चिन्छन् । उनले भाषण गर्दा हासो उठ्ने तर, गम्भिर कुरालाई उठान गर्ने गरेका छन् । यि दुई नेताहरुले तेस्रो मधेस आन्दोलनका बेला पनि एक अर्काप्रति गरेको विषवमनका कारण अधिक चर्चा भएको थियो । यो प्राय सबैलाई जानकारी भएकै कुरा पनि हो । त्यतिबेला ओली मधेस आन्दोलनको विरोध गरेर आफूलाई राष्ट्रवादी साबित गर्न तल्लीन थिए भने महतो उग्र मधेसवादको नारा दिँदै आफूलाई मधेस र मधेसीका हिमायती सिद्ध गर्दै थिए ।

खास गरेर मधेस आन्दोलन चलिरहेको बेला ओलीको निसानामा पर्ने गरेका थिए, राजेन्द्र । यसैगरी महतोले पनि आफूले सकेसम्म केपीलाई कट्टर मधेस विरोधी साबित गर्न कुनै कसर बाँकी राखेनन् ।

अन्ततः ओलीलाई उग्रराष्ट्रवाद र महतोलाई उग्रमधेसवादको लाभ प्राप्त भयो विगत प्रतिनिधिसभा निर्वाचनमा । ओली अहिले मुलुकको प्रधानमन्त्री छन् भने महतो प्रतिनिधिसभा सदस्य ।
दुवैजना एक अर्काका वास्तविक विरोधी हुन् वा यी सबै कुरा रणनीतिक रूपमा भएको थियो भन्दै अहिले प्रश्न उठ्न थालेको छ । खास गरेर रेशम चौधरीको शपथग्रहण प्रकरणले दुई नेताबीचको व्यक्तिगत सम्बन्धबारे शंका उत्पन्न भएको हो ।

हत्या आरोपमा जेलमा रहेका रेशमलाई शपथग्रहण गराउन राजपाले भग्मदुर प्रयास ग¥यो । राजपाका तत्कालीन संयोजक महन्थ ठाकुरलगायत अध्यक्षमण्डलका सदस्यहरु रेशमलाई शपथग्रहण गराउन माग गर्दै पटकपटक बालुवाटार पुगे । राजपा नेताहरूले उनको शपथग्रहण नगराइए सरकालाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान बाध्य हुने घुर्की प्रधानमन्त्री ओलीलाई थिए । ओलीसहित नेकपाका नेताहरूले हत्या अभियोग लागेका व्यक्तिलाई शपथग्रहण गराउन नसकिने तर्क दिएर पन्छिन खोजे ।

तर, महतो दुई महिनाका लागि राजपाका संयोजक बनेलगत्तै रेशमको शपथग्रहण भयो । यद्यपि शपथग्रहण भए पनि रेशमले भने अझै संसद् भवन पुग्न पाएका छैनन् ।

प्रतिनिधिसभा निर्वाचनपछि झन्डै एक वर्ष अध्यक्षमण्डलका संयोजक रहेका महन्थले गराउन नसकेको रेशमको शपथग्रहण महतो संयोजक बनेको केही दिनभित्रै भइहाल्यो । यो घटनाले महतोको ओलीसँगको व्यक्तिगत सम्बन्ध प्रगाढ रहेको विश्लेषण गर्न थालिएको छ ।
राजपा अध्यक्षमण्डलका सदस्यमाझ अलि ‘सफ्ट कर्नर’ का भनिएका महन्थलाई असफल देखाउन महतो र ओलीको रणनीति तहत रेशमको शपथ गराइएको हुन सक्ने राजपाकै कतिपय कार्यकर्ताहरुको बुझाइ छ ।

‘शपथग्रहण गराइएपछि रेशम चौधरीलाई संसद्मा बस्ने वातावरण बनाइनु पर्दथ्यो,’ राजपाका एक नेताले भने, ‘तर यस्तो कस्तो सहमति भएको हो ? शपथग्रहण गरेलगत्तै फेर जेलमै बस्नुपर्ने । सस्तो लोकप्रियताका लागि यस्तो गरिएको हो ।’

कानुनले रोकेको थिएन भने एक वर्षसम्म रेशमको शपथ किन गराइएन ? र, संसद्मा बस्नै नसक्ने गरी अहिले कुन कानुनअनुसार शपथ गराइएको हो प्रश्न उठिरहेको छ । संयोजक बनेको दुई महिने कार्यकालमा राजेन्द्रले पार्टी्भित्र आन्तरिक उपलब्धि खासै पाउन नसके पनि रेशमलाई शपथग्रहण गराएर आफू निकटका नेता कार्यकर्ताबीच राम्रै चर्चा पाएका छन् ।

संविधान संशोधनको जगमा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको राजपाले बताउँदै आएको छ । संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी उसले पटकपटक दिँदै आएको छ । स्वयं राजेन्द्रले पनि यो चेतावनी नदिएका होइनन् ।

सरकार बनेको एक वर्ष पुग्नै लाग्दा संविधान संशोधनको खासै पहल भएको देखिँदैन । तर सरकारबाट समर्थन फिर्ता लिने आँट राजपाले देखाउन सकेको छैन । यसको प्रमुख कारण पनि ओली र राजेन्द्रको निकटता मान्ने गरिएको छ ।

सैद्धान्तिक र वैचारिक मतभित्रता रहे पनि आवश्यकताअनुसार परिवर्तन हुन सकिने राजनीतिको सिद्धान्त रहेझैँ राजनीतिक रुपमा दुवैजना एक अर्काका विरोधी देखिए पनि व्यक्तिगत रूपमा असल मित्र रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ०८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।