नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्षद्व पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका पूर्व सहयात्री नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई तह लगाउन सुराकी पठाएका छन् । उनले विप्लवलाई सिद्ध्याउन यस्तो घातक योजना अघि सारेका हुन् ।
विराटनगर विमानस्थल पुगेका दाहालले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत नियन्त्रणमा ल्याउने बताएका हुन् । उनले विप्लवलाई अतिवादीको उपमा दिनु तथा राजनीतिक र सरकारी संयन्त्र प्रयोग गर्ने बताएका कारण यसले मुलुकलाई गम्भीर मोडमा पुर्याउने देखिएको छ ।
अहिले सत्ताधारी (नेकपा)को सरकारले विप्लवका सैयौं कार्यकर्तालाई गिरफ्तार गरि जेलमा कोचेको छ । यस्तै, विप्लवका नेता कार्यकर्ता समात्न केपी ओली र प्रचण्डले कार्यकर्ता समेत खटाएका छन् ।
जनयुद्ध सञ्चालन गर्दा प्रचण्ड अतिवाद, सरकारी संयन्त्र, नियन्त्रण जस्ता शब्दसँग तर्सिने गर्थे । त्यसैकारण उनले भारतमा शरण लिइ नेपालमा युद्ध सञ्चालन गरेको आरोप लाग्ने गरेको छ ।
शान्ती प्रकृयामा व्यवस्थापन गरेको भनिएको, तर विप्लवका कार्यकर्ताबाट नियन्त्रणमा लिइएको हतियारबारे पनि प्रचण्डले अनभिज्ञता प्रकट गरेका छन् । गत हप्ता प्रहरीले मोरङका एकजना विप्लवका कार्यकर्ताबाट अमेरिका निर्मित एलएमजी र एम सिक्सटिन स्वचालित राइफल नियन्त्रणमा लिएको थियो ।
सेना समायोजनका क्रममा सेना तथा प्रहरीबाट लुटिएका भन्दा पनि कम संख्यामा प्रचण्डले हतियार बुझाएपछि त्यसमा शंका व्यक्त भएको थियो । त्यतिबेला प्रचण्डले हतियारहरू खोलाले बगाएको दाबी गरेका थिए ।
तर पछि, युद्धकै सहयात्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले जनयुद्धकालीन हतियारहरू बेच्न प्रचण्डले बारम्बार अन्तरराष्ट्रिय हतियार तस्करहरूसँग सेटिङ मिलाएको र त्यसका लागि सहयोग गर्न आफुलाई समेत दबाब दिएको बताएका थिए ।



















प्रतिक्रिया