नेपाली कांग्रेस केन्द्रय सभापति शेर बहादुर देउवालाई कमजोर पार्नका लागि कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जिल्ला सभापतिहरुको नाम दुरुपयोग गरेको खुलासा भएको छ । उनले देशै भरका ५६ जना सभापतिहरुको नामको दुरुपयोग गरेका हुन् ।
उनले देउवाको विरुद्धमा ति सभापतिहरु उत्रिएको भन्दै हस्ताक्षर नै नभएको विज्ञप्ति जारी गरेर पार्टीको हित विपरितको कार्य गरेका छन् । नुवाकोटका सभापति केसीले आज (मंगलबार) जिल्ला सभापतिहरुको नामसहितको संयुक्त विज्ञप्ति भनेर आफ्नो फेसबुक वालमा राखेका छन् । जसमा केसीले सभापति देउवा निकटका जिल्ला सभापतिहरुको पनि नाम समेत उल्लेख गरेका थिए ।
उनले जारि गरेको विज्ञाप्तिमा कुनै एउटा जिल्ला सभापतिले पनि हस्ताक्षर गरेको भने छैन् । नुवाकोट सभापति केसीले कांग्रेस र सभापति देउवाविरुद्ध भ्रम फैलाउने गरेर पदको दुरुपयोग गरी विज्ञप्ति जारी गरेकोमा आलोचना बढेको छ ।
केही सभपातिहरुले आफूहरुको नाम दुरुपयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले नामको दुरुपयोग गर्नेलाई कारबाहीको माग गरेका छन् ।
समावेशी र महासमिति सदस्य बन्ने विषयमा विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धि व्यवस्थाको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर, केन्द्रीय कार्यसमितिले यो मागलाई महासमिति बैठकमा लगेको थिएन । महासमिति बैठकमा प्रवेश नै नभएको विषयलाई नुवाकोटका सभापति केसीले उट्पट्याङ कुरा उठाएर कांग्रेसलाई असर पार्ने कार्य गरेको आरोप छ ।
उनी कांग्ेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका सभापति हुन् । अहिले यसको आधिकारीक कुरा पार्टिले खोजी गरेपछि यसको पर्दाफाँस भएको हो । साथै यो काण्डले अहिले पार्टि र जिल्ला नेतृत्वमा गम्भीर प्रश्न खडा गरेको छ ।
१. लिला देवी बोखिम — ताप्लेजुंग
२. नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३. हिमालय कर्माचार्य — ईलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेश कुमार श्रेष्ठ — खोटांग
८. बिनोद बस्नेत — सोलुखुम्बु
९. राजिब कोइराला — सुनसरी
१०. डिग बहादुर लिम्बु — मोरंग
११. बिदुर बस्नेत — गाईघाट
१२. दिपेन कुमार श्रेष्ठ – संखुवासभा
१३. कृष्ण देव यादव — रौतहट
१४. अजय दुवेदी — पर्सा
१५. उज्जल बराल — सिन्धुली
१६. मधु आचार्य — काभ्रे
१७.लवश्री न्यौपाने — रामेछाप
१८. बिकाश लामा — सिन्धुपाल्चोक
१९. जगदीश नरसिंह केसी — नुवाकोट
२०. दुर्लभ थापा — भक्तपुर
२१. सबुज बानिया — काठमाडौँ
२२. पेम्बा क्षिरिङ्ग लामा — रसुवा
२३. रमेश धमला — धादिंग
२४. जित नारायण श्रेष्ठ — चितवन
२५. बैकुण्ठ न्यौपाने — तनहुँ
२६. कृष्ण केसी —कास्की
२७. खम्ब गर्बुजा —म्याग्दी
२८. यङ्गजीङ्ग बिष्ट —मुस्तांग
२९. कुमार राणा —स्याङजा
३०. बिष्णु प्रसाद लामिछाने —नवलपुर
३१. भेष बहादुर पौडेल —लम्जुङ्ग
३२. हरि ब घले —गोरखा
३३. अर्जुन पोखरेल —परासी
३४. बिर बहादुर राणा —पाल्पा
३५. भुवन श्रेष्ठ —गुल्मी
३६. बिष्णु प्रसाद खनाल ‘मुश्कान’ —अर्घाखाची
३७. सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
३८. अम्मर प्रसाद भण्डारी — प्युठान
३९. अमर सिंह पून —रोल्पा
४०. केशर मान रोका —पूर्व रुकुम
४१. किरण कोइराला —बाँके
४२. संजय गौतम — बर्दिया
४३. खड्ग बहादुर शाही — मुगु
४४. दिप बहादुर शाही —जुम्ला
४५. हर्ष बहादुर बम —कालिकोट
४६. कृष्ण कुमार बिसी — दैलेख
४७. कमल राज रेग्मी —सुर्खेत
४८. प्रेम प्रकाश ओली —पश्चिम रुकुम
४९. गणेश बहादुर चन्द —सल्यान
५०. दिपक जंग शाही — जाजरकोट
५१. जयपति रोकाया —हुम्ला
५२. अंगत बुढा —डोल्पा
५३. कर्ण बहादुर मल्ल —डडेल्धुरा
५४. ललित सिंह बोहरा —दार्चुला
५५. नरेन्द्र सिंह थापा —बैतडी
५६. हर्क जंग बहादुर सिंह —बझांङ्ग



















प्रतिक्रिया