Logo

राजनीति

सिके राउतको शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सिके राउतले शान्तिपुर्ण बाटो रोक्नु प्रसंसा योग्य रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यस्तै ओलीले पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतमा असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंशा समेत गरेका छन्। ‘यस्तो असाधारण क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको छु,’ उनले भने, ‘यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन।’

साथै प्रधानमन्त्री ओलीले सिके राउतले हालसम्म अंगालेको शान्तिपूर्ण आन्दोलनको प्रशंशा गरे। ‘शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ,’ उनले भने, ‘पृथकतावादका विषयमा आम रुपमा असहमति हो।’ प्रधानमन्त्री ओलीले आजैदेखि पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा प्रवेश गरेकोमा राउतको प्रशंशा गरे।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।