मिसन अम्बेडकर नेपालका अध्यक्ष एबम् सामाजिक अभियन्ता मनोज जैगडिले नेपाल कम्युनिष्ट पार्टि (नेकपा) नेतृ एबम् सांसद कोमल ओलीले सांसदबाट राजिनामादिन माग गरेका छन् । सांसद ओलीललाई बोल्ने कुराको समेत ज्ञान नभएको बताउदै उनले यस्ता सांसदहरुको सरकारमा काम नभएको बताए ।
जनताले आफ्नो हक र अधिकारहरु पुरा गराउनका लागि जिताएर पठाएका सांसदले मरेपछि डुमै राजा भनेर तल्लो जातका मानिसहरुलाई होच्याईननु गडलत भएको बताएका छन् । सांसद ओलीले कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम इट्स माइ सोजुन बोल्दै मृत्यु पछिको प्रसङ्गमा आफ्नो धारणा राख्दै आफू मरे डुमै राजा जुन भनेकी थिईन् ।
यो कुराले सिंगो दलित समुदायको आत्मासम्मानमा चोट पुगेको उनको भनाई छ । जैगडिले सांसद ओलीलाई बोलेको त्यो शब्द नेपालको संविधान र कानुन विपरित भएको बताएका छन् । उनलाई जातीय भेदभाव तथा छुवाछूत कसुर ऐन २०६८ को दफा ४ को उपदफा १२ बमोजिम कारवाहीका जोरदार माग गर्दै आक्रोश व्यक्त गरेका छन् ।




















प्रतिक्रिया