Logo

विविध

जीवनमा खुसी र सुखी रहन के गर्नुपर्छ ?



यो संसारमा आफू खुसी र सुखी हुने मन कसलाई हुदैन र रु तर पनि जानेर र नजानेर हामी आफैले यस्ता काम गरिरहेका हुन्छौ कि जसले हामी आफैलाई चिन्तित बनाउँछ । सोही कारण हामी सुखी रहन सक्दैनौं ।

सँधै सुखी र खुसी रहनका हामीले केही टिप्सहरु तपाईमाझ प्रस्तुत गरेका छौं, जसको कारण तपाई पनि सुखी रहनका लागि सहयोग पुग्नसक्छ ।

विश्वकै धनी वारेन वफेटका अनुसार जीवनमा खुसी र सफल हुने सूत्रहरु यस प्रकार छन्ः

वारेन बफेट संसारका दोस्रो धनी व्यक्ति हुन् । उनी आफूलाई पूर्ण असल व्यक्ति ठान्दैनन् तर आफूले जानाजान गल्ती गरेको पनि मान्दैनन्।

१.बचत गर्न सिक्नुहोस्ः

उनले गुरू बेन्जामिन ग्राहमको कम्पनीमा काम गर्दा त्यहाँबाट कमाएको रकममध्ये अधिकांश रकम बचत गरे । खर्चबाट बच्नका लागि उनले ससाना रकम पनि बचत गर्ने कुरामा जोड दिन्थे । कतिसम्म भने आफूले पढ्नैपर्ने पत्रिकाहरु पनि नयाँ नकिनी पुराना किन्थे । यसरी बचाएको ससानो रकमलाई उनी अनावश्यक रुपमा खर्च गर्दैनथे ।

उनलाई थाहा थियो, थोपा थोपाबाट समुद्र बन्छ । यसरी बचत गर्दा अरुले के भन्छन् भन्ने होइन, यसो गर्दा आफूलाई कस्तो फाइदा हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्ने । अरुले गर्ने कुराबाट चल्ने भन्दा पनि आफ्नो विवेकले ठानेको कुरामा ध्यान दिने ।

२. स–साना चुहावटलाई रोक्ने :

कम्पनीमा गरिने स–साना खर्च कत्तिको आवश्यक छन् भनी विश्लेषण गर्ने । कम्पनीका ठूला खर्चलाई मात्र होइन, साना खर्चलाई पनि नियन्त्रण गर्ने ।

धेरै ठाउँमा भइरहेका स–साना खर्चको चुहावट रोक्दा पनि कम्पनीको धेरै खर्च जोगिई नाफामा जाने सम्भावना प्रबल हुन्छ । कम्पनीमा नाउँमा गरिने कुनै पनि खर्च गर्नुअघि त्यसो गर्नु उचित हुने(नहुने बारे राम्रोसँग सोचविचार गर्नुहोस् ।

३. ऋणबाट बच्नुहोस्ः

ऋणबाट जीवन चलाउन खोज्नेहरु कहिल्यै पनि धनी बन्न सक्तैनन् । त्यस्तै कुनै कम्पनी चलाउँदा पनि अत्यधिक ऋणमा छ भने त्यो कम्पनीले लामो समयसम्म नाफा दिन सक्तैन । त्यसैले कम्पनीलाई भरसक ठूलो ऋणबाट जोगाउनुहोस् ।
यस्तै अवस्था मानिसको जीवनमा पनि लागू हुन्छ । ऋणमा चल्ने जीवन तनावको जीवन हुन्छ ।

४. अरुलाई नपछ्याउनुस्ः

भिडको पछाडि नलाग्नुस् । लिकको पछाडि नदौडिनुस् । लिकबाट भिन्दै हिँड्ने प्रयास गर्नुहोस् । यसो गर्नका लागि आफ्नो मौलिक सोच विकसित गर्नुहोस् ।

झुण्डको अंश बनेर आफ्नो कला र सीपलाई व्यर्थमा खर्च नगर्नुस् । लगानी गर्ने बेलामा त झन् यस्ता कुराको पछि लाग्नु नै हुँदैन । आफ्नै मौलिक सोच, विश्लेषणमाथि विश्वास गर्नुहोस् ।

५. निरन्तरता दिनुहोस्ः

जहिले पनि आफूले गरेको कामलाई निरन्तरता दिनुहोस् । आफूलाई विश्वास भएको काम समाउनुहोस् र त्यसलाई संसारै उथलपुथल भए पनि नछाड्नुहोस् ।

वारेनले आफ्नो जीवनभर कामको निरन्तरता, आफ्ना पार्टनरलाई सधैँ आफैँसँग अघि बढाउने निर्णय लिएर अघि बढिरहे जसका कारण उनी लगानीका ठाउँमा विगत ६० वर्षदेखि निरन्तर छँदैछन् ।

६. सफलताको वास्तविक अर्थ बुझ्नुस्ः

माथिका सबै कुरा आर्थिक सफलता हुन सक्छन् तर आर्थिक सफलता नै जीवनको ध्येय नबनाउनुस् । जीवनमा आर्थिक सफलतासँगै पारिवारिक सफलता, श्रीमान–श्रीमतीबीचको सम्बन्धगत सफलताको पनि उत्तिकै अर्थ रहन्छ । जीवनमा एउटा समयसम्म मात्र पैसाको सफलताले अर्थ राख्छ तर त्योभन्दा बढी पारिवारिक र वैवाहिक सम्बन्धको सफलता त जीवनभरको सफलता हो । त्यसैले व्यवसायिकसँगै पारिवारिक र वैवाहिक सम्बन्धको सफलतामा ध्यान दिनुहोस् । त्यसका लागि आफ्नो सपनाको मूल्य परिवारलाई बुझाउने प्रयास गर्नुहोस् ।

७. भित्री खुसीलाई ध्यान दिनुहोस्ः

तपाईंलाई जीवनमा के गर्दा भित्रैबाट खुसी हुन्छ ? यो प्रश्न आफूलाई पटकपटक सोध्नुहोस् । जसो गर्दा तपाईंलाई त्यो अनन्त खुसी प्रवाहित भइरहन्छ, त्यसैलाई आधार बनाएर आफ्नो काम रोज्नुहोस् । वारेनलाई अङ्क गन्नु साह्रै मज्जा लाग्थ्यो ।

उनले जीवनभर अङ्कलाई आफ्नो अभिन्न अङ्ग बनाए । यही कारण उनी छाती ठोकेर विश्वविद्यालयहरुमा दिने कैयौं व्याख्यानमा भन्ने गर्छन्, ‘भित्रबाट आउने खुसीलाई समाउनुहोस् । मैले कहिल्यै पनि कारोबार र व्यक्तिगत जीवन छुट्याउनुपर्ने अवस्था आएन । बिबिसी

प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार  ५ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।