Logo

विविध

विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने: राष्ट्रपति भण्डारी



राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेकी छिन् । 

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने साथै विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छिन् । 

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।