बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बिहान साढे ११ बजे पौडेलविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका ४५ नेताले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएका बताइएको छ ।
यसैबीच बागमती प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । जसमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले सयुक्त रुपमा राजीनामा दिएका हुन् ।




















प्रतिक्रिया