Logo

विविध

आगलागीबाट लाखौँ धनमाल जलेर नष्ट



सप्तरी, राजविराज  नगरपालिका-११ झलि बस्ने रामचन्द्र यादबको गोठमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटान बस्ने ३६ वर्षीय बुढीलाल खत्वेको घरमा बिहीबार दिउँसो आगलागी हुँदा बुढीलालको घर र सोही ठाउँ बस्ने बिनोद यादवको “कोशी कटान कुखुरा फर्म” समेत जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार सिस्नेरी बस्ने भिमलाल दुवालको टहराको पूजाकोठामा धुप बाली राखेकोमा धुपबाट परालमा आगो सल्किएर बिहीबार राति आगलागी हुँदा टहरा समेत जलेर करिब १ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, कैलाली गाउँपालिका-७ रतनपुर बस्ने ३४ वर्षीय राम बहादुर चौधरीको पोल्टी फर्ममा करेन्ट सर्ट भई बिहीबार बेलुका आगलागी  हुँदा फर्म तथा करिब २ सय ५० वटा कुखुरा समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।