Logo

खेलकुद

युईएफएले रोनाल्डोमाथि कारबाही गर्ने



गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले क्रिष्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ ।

युईएफएले युभेन्ट्सका फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाउँदा गलत ब्यवहार गरेको आरोप युईएफएले लगाएको छ ।

बीबीसीका अनुसार युभेन्ट्सका ३४ बर्षका फरवार्डले एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए ।

रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए । युईएफएले आगामी मार्च २१ मा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ ।

युईएफएले सिमोनलाई २० हजार युरो जरिवाना गरेको थियो । युभेन्ट्सले क्वार्टरफाईनलको खेलमा डच क्लब अजाक्ससंग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार ०२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।