Logo

प्रमुख समाचार

धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने : महामन्त्री कोईराला



प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएको बताएका छन् । उनले मंगलबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
महामन्त्री डा. कोईरालाले सङ्घीयता संरक्षण गर्नु सबैको साझा दायित्व भएको टिप्पणी गरेका छन् । उनले भने, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।”

महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाली काङ्ग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार ०९:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।