Logo

खेलकुद

‘साफ’ महिला च्याम्पियनसिपको उपाधि भारतलाई



भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ।  विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा नेपाललाई ३-१ ले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो ।

नेपाल भने यसपटक पनि उपविजेतामा नै सिमित भएको छ । नेपाल लगातार साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ। अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।

निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् ।  नेपालको तर्फबाट एकमात्र गोल सावित्रा भण्डारीले फर्काएकी हुन्।

प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार  १२ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।