Logo

खेलकुद

नेयमारलाई युएईएफएको कारबाही



फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’का स्टार स्ट्राइकर नेयमारलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले कारबाही गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत इन्ग्लिंश क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको कारण युएईएफएले नेयमारलाई कारबाही गरेको हो ।

युएईएफएले नेयमारलाई तीन खेलको प्रतिबन्धसहित कारबाही गरेको हो । तर, युएईएफएले प्रतिबन्ध हुने खेलको मिति भने तोकेको छैन ।च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसंग ३(१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

उक्त खेलमा युनाइटेडका मार्कुस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अन्तिम आठको यात्रा तय गराएका थिए । पीएसजीका किम्पेम्बेले ह्याण्डबल गरेपछि युनाइटेडले भीएआरको सहायताले पेनाल्टी पाएको थियो ।

युनाइटेडसंगको हारपछि बेञ्चमा रहेका नेयमारले सामाजिक संजालमा रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउदै आपत्ति जनक प्रतिक्रिया लेखेका थिए । उक्त खेलमा चोटका कारण नेयमारले दर्शकको रुपमा खेल हरेका थिए ।

नेयमारले इन्ष्टाग्राममा फुटबल नबुझेको रेफ्रीले ह्याण्डबल दिएको भन्दै आपत्ति जनक शब्द लेखेका थिए ।

प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार  १ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।