Logo

खेलकुद

साफ उपविजेतालाई जनही १ लाख



अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १र१ लाख दिने निर्णय घोषणा गरेको छ ।

शनिबार बसेको एन्फाको १८ औं साधारण सभाको बैठकले उपविजेता टोलीलाई १ र १ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो  । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा भारतसंग ३-१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

यसअघि प्रदेश १ सरकारले पनि उपविजेता टोलीलाई १र१ लाख दिने घोषणा गरिसकेको छ । यस्तै विराटनगर महानगरपालिकाले उपविजेता बनेको नेपाली टोलीलाई जनही ५०र५० हजार नगद पुरस्कार दिने जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।