Logo

खेलकुद

आईपीएल : दोस्रो जितको खोजीमा कोलकत्ता र पन्जाब



भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा बुधबार एक खेल हुँदैछ । बुधबार कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच खेल हुनेछ ।

कोलकातास्थित इडेन गार्डेनमा कोलकत्ता र पन्जाबबीचको खेल नेपाली समय अनुसार राति ८स्१५ मा सुरु हुनेछ । र, दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

दुवै टोलीले खेलमा सानदार जित निकाल्दै सुखद सुरुवात गरिसकेका छन् । दुवै टोली उक्त लयलाई कायम राख्ने योजनामा हुनेछन् ।

दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताले घरेलु मैदानमा भएको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।कोलकत्तालाई सुनील नारिने, क्रिस ल्यान, कुलदिप यादब, आन्द्रे रसेल जस्ता खेलाडीको साथ रहेको छ ।

यता, पन्जाब रविचन्द्र आश्विनको कप्तानीमा मैदान उतार्ने छन् । पन्जाबमा क्रिस गेल, मायांक अग्रवाल, डेभिड मिल्नर, मोहमद सामी, लोकेश राहुल लगायतका खेलाडी रहेका छन् ।

पहिलो खेलमा युनिभर्स बोस मानिने गेलले अर्धशतक बनाएपछि पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।

दुईबीचको पछिल्लो पाँच खेलमा घरेलु टोली कोलकत्ता बलियो देखिएको छ । पन्जाबविरुद्धको पाँच खेलमा कोलकत्ताले ३ खेलमा जित निकालेको छ । बाँकी दुई खेल भने पन्जाबले जितेको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार  ३ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।