Logo

टिप्पणी

नेकपाको विभाजनप्रति चीनको चासो, स्थिति बुझ्न नेपाल आउँदै



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछिको अवस्था बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको ४ सदस्यीय प्रतिनिधिमण्डल आइतबार (आज) काठमाडौं आउने भएको छ ।

उपमन्त्री गुओ येझाउको नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल नेपाल आउने र ४ दिन नेपालमै रहने जनाइएको छ । उपमन्त्री गुओको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका दुवै खेमाको नेतृत्व र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम तय भएको छ ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल आइतबार आउने जानकारी आएको र उनीरूले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए।

 

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।