Logo

टिप्पणी

“प्रतिनिधि सभा चुनाव गर्नु पहिलो प्राथमिकता ” मन्त्री प्रभु साह



नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन् ।
 
आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन् । शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने बताए । सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाई छ ।
 
उनले भने ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रीत गरेर गर्छौ । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढंगले अगाडी बढाउने छ । भइरहेको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउने । राष्ट्रको अगाडी मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रीत हुन्छौ ।
 
मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताए ।
 
 
 
 
 
 
Aa

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १३:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।