Logo

खेलकुद

ओलम्पिक छनोट : नेपाल र म्यानमार भिड्दै



ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज ‘बुधबार’ म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सवाँ ५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्व उत्रदै गर्दा नेपाली टिमले कम्तीमा बराबरीको नतिजा अपेक्षा गरेको छ ।

खेल अघि प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताएका थिए । ‘हामी म्यानमारसँग जित या बराबरीका लागि खेल्नेछौँ ।’ प्रशिक्षक खड्काले भने ।

ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको सुरुवातमै सावित्रा भण्डारीको गोल मार्फत अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

यस्तै भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले समुह चरणमा म्यानमारसँग ३–० को हार व्यहोरेको थियो । म्यानमारसंगको फाइनलमा खेल नेपालले ३–१ ले गुमाएको थियो ।

साफको उपविजेता नेपाल आत्मविश्वास सहित म्यानमारविरुद्व उत्रने योजनामा हुनेछ । फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ । म्यानमार ४४ स्थानमा छ ।

नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।

म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ०१:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।