आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कास्कीको लेखनाथमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी विनोद गुरुङले पोखरा महानगरपालिका वडा नंं २९ भण्डारढिकमा ‘सेभेन लेक्स रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । रिसोर्टको एक कार्यक्रमका बीच शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे । १६ करोड रुपैयाँ लगानीमा रिसोर्ट स्थापना गरेको सञ्चालन गुरुङले जानकारी दिए ।

सात सय २५ मिटर अग्लो डाँडामा प्राकृतिक स्वरुप नबिग्रने गरी रिसोर्ट निर्माण गरिएको गुरुङले बताए । ‘रिसोर्टबाट मनोरम हिम श्रृंखला, बेगनास तथा दिपाङ ताल र पोखरा उपत्यकाको दृश्यावलोकन गरी पर्यटकले आनन्द प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘लेखनाथ क्षेत्रमा पर्यटक बढाउन रिसोर्टलेम महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।’ गुणस्तरीय खानाका साथ स्वदेशी तथा विदेशी परिकार उपलब्ध हुने गुरुङले जानकारी दिए । ‘पारिवारिक वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्नेछौं,’ उनले भने ।

रिर्सोटमा फेमिली डिलक्स, डिलक्स डवल, डिलक्स ट्विन र सुपर डिलक्स गरी सुविधा सम्पन्न १९ वटा कोठ रहेको गुरुङले बताए । वातानुकुल सेमिनार हल, रेटुरेण्ट तथा बार एवं आरामदायी स्विमिङ पुलको सुविधा पनि छ । पोखरा–काठमाडौं राजमार्गको भण्डारढिकदेखि १।५ किलोमिटर, पोखराबाट १३ किलोमिटर र निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलोमिटरको दुरिमा रिर्सोट अवस्थित छ ।

पोखरा एयरपोर्टबाट पर्यटकलाई ल्याउने लैजाने सुविधा सहित गुणस्तरीय बसाईंमा विशेष ध्यान दिइएको बताइएको छ । रिर्सोटमा प्रत्यक्ष रुपमा अहिले ३० र अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगारीको अवसर पाएको गुरुङले जानकारी दिए ।




















प्रतिक्रिया