ओखलढुंगा कटुञ्जे सरोकार समाज,काठमाण्डौँ तथा मोलुङ फाउन्डेसन काठमाण्डौ र मोलुङ बचत तथा सहकारी सस्था लिमीटेट भक्त्तपुरको आयोजनामा बृहत रक्तदान कार्यक्रम मोलुङ फाउन्डेसन परिसर कोटेश्वरमा समपन्न भएको छ ।
शनिबार बिहान १० बजे देखि सुरुगरिएको रक्तदान कार्यक्रम दिउसो २ बजे सम्म सञ्चालन गरिएको थियो । श्री बरुणेश्वर पूर्ब बिद्यार्थी समाज र बेलिचमेली खतीवडा समाजले सहयोग गरेको रक्तदान कार्यक्रममा करिब ६० जनाले रगत दान गरेको हुन कार्यक्रममा संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार गृहमा पठाईने मोलुङ फाउन्डेसन काठमाण्डौका अध्यक्ष पेशल कुमार पराजुलीले बताए ।

त्यस्तै आयोजक सस्था ओखलढुंगा कटुञ्जे सरोकार समाजका सचिब बिष्णु गिरीले रगतको अभाबमा अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर बिगत देखिनै सस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताए अध्यक्ष पराजुलीले कार्यक्रकै अबसरमा ओखलढुंगा कटुञ्जे सरोकार समाजले यहि चैत्र ३० गते शनिबार घ्याम्पेडाँडा भक्त्तपुरमा आयोजना गरिएको भेटघाट तथा नयाँ बर्ष २०७६ सालको शुभकामना आदप्रदान र बनभोज कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरेका छन् ।




















प्रतिक्रिया