Logo

मनोरञ्जन

मिस नेपाल मेकअप काण्डमा करिस्माले गाली गर्नेकै पक्ष किन लिइन् ? (कारण सहित)



मिस नेपाल २०१९को लागी भइरहेको प्रतिष्पर्धामा एक प्रतिष्पर्धी अस्मिता महर्जनलाई निर्णायक रचना गुरुङले मेकअप नगरि किन आएको भनेर हप्काएको भिडियो भाइरल भएपछि अहिले त्यसको व्यापक विरोध भइरहेको छ । भर्खरै एसइइ सकाएर फुर्सदिलि भएकी नायीका करिस्मा मानन्धरले पनि यस बारेमा मुख खोलिकी छिन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले प्रतियोगीलाई गाली गर्ने रचना गुरुङको पक्षमा वकालत गरेकी छिन् । करिस्माले पुरा कुरानै नवुझि एकोहोरो रचनालाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

भाइरल भिडियो कान्तिपुरमा प्रकाशित समाचार सेयर गर्दै करिस्माले लेखेकी छिन् :

‘केही दिन देखि भाइरल भिडियोको लागि आहिरहेको एक पक्षिय टिप्पणी देखेर र विशेष गरि टिप्पणीमा भयेको शब्दहरु देखेर अनौठो लागेको छ । केही सन्दर्भको बारे टिप्पणी गर्दा तेस्को तह सम्मको जानकारी लिनुपर्छ होला !

जुन काम रचना विगत 25 वर्ष देखि गर्दै आइरहेकी छिन ,एक हिसाबले भन्नेहो भने त्यो स्थान स्थापित गर्न धेरै योगदान दिएकी छिन धेरै मिस नेपाल र मोडलहरु ले उनबाट धेरै कुरा सिक्नु भयेको छ । उनलाइ म एउटा टिचरको रुपमा चिन्छु ।
आफ्नो काममा खरो रुपमा उत्रने उनको स्वभाव हो !अनि घटनाको यो सम्पूर्ण भिडियो पनि थिएन ! केही सेकेन्डको दृश्य हेरेर हामी कसैको जिम्मेवारी साथ पूरा गरिरहेको काम को बारेमा कसरी निर्णायक टिप्पणी गर्नसक्छौ !

यो घटना पछी पनि सहभागी बहिनी सेलेक्ट हुनु बाट प्रष्ट हुन्छ कि त्यो उनको काम थियोे तेस्मा कुनै पुर्वाग्रह थिएन ।अनि मिस बिउटिफुलको मंच भनेको हरेक पक्षको मापन हुने एउटा मंच हो ।

( inner beauty or outer beauty everything count there , Your confident ,your skill , how you talk , your every activities counts, and the question Rachanaa asked was why you did not wear your makeup, and it sound genuine question at platform like miss Beautiful and makeup is one of skill , She is like a guardian to theses young ladies what’s wrong if she suggest something strictly )

मैलेके भन्न खोजिरहेको भने कुनै एक को सपोर्ट गर्दा अर्को महिलाको मान हानी नगरु । किनभने हरेक घटना पछाडी कारण हुन्छ ।
अनि हामी कुनै क्षेत्र मा आफ्नो दक्षता देखाउन जादा तेस्को हरेक पक्षमा जानकारी लिएर जानुपर्छ होला, जस्तो नृत्यको मंच मा जादा नृत्य सिक्नुपर्छ होला । लडाइँमा जादा हतियार बोक्नुपर्छहोला , या पढ्नजादा पुस्तक बोक्नुपर्छ होला यो एउटा सामान्य बुझाइ भित्र पर्छ ।
सकारात्मक सोच्ने प्रयास गरौ ।

( याहाहरु को घृणा पोख्दा कृपया गलत र फ़ोहोर शब्द प्रयोग नगरी दिनुहोला किनभने म छोरि,सासू, आमा भयेको परिवार मा बस्छु र यो लेख पनि मैले आफ्नो काममा कडा भए बापत रचना ले खानु परेको अपशब्द खप्न नसकेर लेखेको हु याहा सम्मकि उनकी अन्जान छोरीहरु लाई समेत मनपरि बोलिएको छ । के अपराध गरिन उनले तेस्तो स्ट्रीक भएर बोल्नु भनेको कसैलाई दुरव्यबहार गर्नु होइन )’

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १३:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।