Logo

विविध

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



धनुषा,मिथिला नगरपालिका-९ बडहरीस्थित सडकमा ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक महोत्तरी एकडारा गाउँपालिका-३ बस्ने ४२ वर्षीय रामजीवन प्रसाद साहको सोही अस्पतालमा उपचार भईरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।