सुनिलस्मृति गाउँपालिकाले सोमबार गाउँ शिक्षा समिति, वडा अध्यक्ष, वि.व्य.स. अध्यक्ष र प्र.अ.हरुको शैक्षिक सुधारका लागि बार्षिक कार्यक्रम सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँ शिक्षा शाखा प्रमुख केशवराज पोख्रलेको दरवन्दी मिलान प्रतिवेदन, आगामि योजना प्रस्तुत, कार्यक्रम सञ्चालन र गाउ शिक्षा समिति सदस्य शान्तराम साहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा सहभागी प्र.अ., शिक्षकहरु राजेश सुवेदी, खडानन्द पोख्रेल, वलदेव शर्मा, वेगम कवर, समिक्षा बुढाथोकी, कुल बहादुर थापा, कोमल चन्द, नेबलाल पोख्रेलले शैक्षिक सत्रको योजना र गाउँशिक्षा समितिमा पेश गर्नुपर्ने माग गुनासाहरु राख्नुभएको थियो ।
उक्त अन्तक्रिया कार्यक्रमको योजना, माग र गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भन्नुभयो सुनिलस्मृति गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि कर्मचारीहरुले आफ्नो बालबच्चाहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताउनु भयो । यदि कुनै जनप्रतिनिधि, कर्मचारीहरुले आफ्नो बालबच्चा निजि विद्यालयहरुमा पढाएको पाइएमा निजको तलव भत्ता रोकिने समेत बताउनुभयो ।
हामि शैक्षिक सुधारका कुराहरु धेरै ग¥यौ तर नतिजा भने सोचे जस्तो पाउन सकेनौ त्यसैले हामिहरु शैक्षिक सुधारमा केहि नतिजा ल्याउनु पर्ने भयो त्यसैले हामिले यस्तो निर्णय गर्न पुगेका हौँ गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो हिजोका दिनहरुमा जनताहरुको असिमित माग भनेको बाटो, विद्युत जस्ता मागहरु थिए अव त्यो सवै पुरा भएको छ कहि कतै सुधार गर्नुपर्ने र स्तर उन्नती गर्नुपर्ने भएको छ त्यो हामि क्रमागत रुपमा राख्नेनै छौ तर हामिले साचिकै हाम्रो गाउँपालिका विकास गर्ने हो भने आफ्नो दिमागमा विकास गर्नुपर्ने हुन्छ त्यो भनेको शिक्षा हो त्यसैले शिक्षा क्षेत्रमा हामिले तपाईहरुले सोचेको भन्दा अझै गर्ने छौ शिक्षामा सुनिलस्मृति गाउँपालिकाले एक पटक आधिभेरी झै उथलपुल गर्ने गरि शिक्षामा विकास गर्छ यसको ऐन, नियम र कार्यक्रम हामि बनाउछौ तपाईहरुले यसको कार्यान्वयन गरिदिनु त्यसपछि गाउँपालिकाको विकासमा कसैले रोक्न सक्ने छैन अध्यक्ष घर्तीले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएका अध्यक्ष घर्तीले भन्नुभयो हामि गाउँ शिक्षा समित, गाउँ कार्यपालिका बैठकबाट छलफल गर्दै कक्षा १२ सम्मको अनिवार्य शिक्षालाई अव गाउँ सभाबाट पारित गर्दै यसको कार्यान्वयनमा लाग्दै छौ, जसका छोरा छोरी कक्षा १२ सम्म पढ्दैन् उसलाई गाउँपालिकाबाट हुने सम्पूर्ण सेवा सुविधा कटौतिसम्म गरिने छ बरु कसैका छोरा छोरी कक्षा १२ सम्म पढ्न सक्ने घरको आर्थिक अवस्था छैन भने उनीहरुको बर्गिकरण गरि गाउँपालिकाले नै पढाउने जिम्मा लिनेछौ, घर छोडेर बाहिर गएर १२ कक्षा पनि पढ्नु पर्दैन घरबाटै कक्षा १२ सम्मको पढाइ गर्ने सक्ने वातावरण हामि तयार पार्दै छौ कति वडाहरुमा कक्षा १२ सम्म सञ्चालन भैसकेको छ भने कति वडाहरुमा हामि सुरुवात गर्दै छौ अव हामि सवै वडाहरुमा कक्षा १२ सम्म सञ्चालन गर्छौ र यसको खर्च के कति लाग्छ शिक्षा शाखा प्रमुखलाई प्रतिवेदन पेश गर्न निर्देशन समेत गरिसकेको छु त्यसैगरि कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई बसाइको समस्या देखिएको हुँदा सम्पूर्ण विद्यालयहरुमा वसाइ व्यवस्थापन समेत गर्नेछौ अध्यक्ष घर्तीले भन्नुभयो ।
हामि आधारभूत विद्यालयसम्म इलेक्ट्रिक हाजिरी र कक्षा १२ सम्मका विद्यालयहरुमा सि.सि. क्यामेरा समेत २०७६÷०७७ को कार्यक्रमबाट पारित गरि जडान प्रकृयालाई अगाडि बढाउने छौ भने गाउँपालिका स्तरीय क्याम्पसको पनि प्रकृया अगाडि बढाउने छौ, दरवन्दी मिलान कार्यक्रमलाई पनि हामि सकिसकेका छौ भने निजी श्रोतमा रहेका शिक्षकहरुका लागि पनि तलव भत्ताको लागि तीस लाख विनियोजन गरिसकेका छौ र यसको कार्यविधि बनाएर निजि श्रोतका शिक्षकहरुलाई तलव भत्ता समेत खुवाउने । हाम्रो गाउँपालिका भित्र रहेका विद्यालयहरुमा दरवन्दी अभावका भएको हुँदा विद्यालयहरुको नाम र दरवन्दी सँख्या सहित हामिले शिक्षा, विज्ञान तथा प्रविविधि मन्त्रालय, काठमाण्डौँ शिक्षा समिति सभापति माननीय जयपुरी घर्ती, सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ हामिले पत्र पठाइसकेका छौ अध्यक्ष घर्तीले बताउनुभयो ।
यसै गरि कार्यक्रमका अध्यक्ष, सामाजिक विकास समितिका प्रमुख तथा वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाले भन्नुभयो हाम्रो यो छलफल र अन्तकृया कार्यक्रमले अझै केहि गरौँ भन्ने जोस मलाई तपाईहरुले प्रदान गर्नुभएको छ । आउदा दिनहरुमा पनि यसै गरि तपाईहरुको साथ सहयोग रहिरहने छ भन्ने कुरा समेत अपेक्षा गरेका छौँ आज उठेका हरेक कुराहरुलाई मैले आत्मसाथ गरेको छु गाउँसभाबाट शिक्षाको ऐन, नियम र कार्यक्रम हामि बनाउने छौ यसको कार्यान्वयनको प्रकृयालाई अगाडि बढाउनुहुने छ अध्यक्ष थापाले बताउनु भएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।



















प्रतिक्रिया