Logo

अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो



अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् । 

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिनुभयो । यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो, उहाँले भन्नुभयो । 

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५।५ फिटको ठूलो गोही फेला परेको थियो ।  अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ । 

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ ।  

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १२ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।