Logo

मनोरञ्जन

भ्रष्टाचारका कारण ०५८ साल फर्किने मुकुन्देको ठोकुवा !



कुनै बेला रत्नपार्कमा भाषण गरेर आफ्नो जीवन गुजारा गर्ने भोजपुरका मुकुन्द घिमिरे ‘मुकुन्दे’को जीवनचर्या फेरिएको छ । उनी अचेल रत्नपार्कमा भन्दा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तिर भेटिन्छन् ।

राजनीतिमा चासो राख्ने मुकुन्दको अहिलेको अवस्था जे जस्तो होस्, उद्देश्य चाहीँ प्रधानमन्त्री नै बन्ने छ । उनले भने, ‘म जस्तो मान्छेले बन्ने भनेको प्रधानमन्त्री नै हो । यो काम चाँडै पनि हुन सक्छ । राष्ट्रपति चाहीँ भन्न सक्दिनँ । किनभने गणतन्त्र संस्थागत हुनेमै मलाई शंका छ ।’

मुकुन्दले विचार वा धारणा नराख्ने वा राख्न नसक्ने कुनै क्षेत्र र विषय छैन । गोर्खाल्याण्डको आन्दोलन उनलाई खास मन परेको छैन । उनी भन्छन्, ‘भारतमा कुनै नयाँ प्रान्त बनोस् नबनोस् फरक परेन । तर गोर्खाल्याण्ड भन्ने चाहीँ हुन भएन । किनभने गोर्खाल्याण्ड भनेको त नेपाल हो । गोर्खा जिल्ला नेपालमै छ ।’

सामाजिक सञ्जालमा भूत, भविष्य तथा समकालिन घटनाहरुबारे खरो टिकाटिप्पणी गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले देशमा अचाक्ली बढेको भ्रष्टाचारको कुरा बढेर ०५८ साल फर्किने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुुकमा स्टाटसमार्फत उनले यस्तो भविष्यवाणी गरेका हुन् ।अब भ्रष्टाचारको कुरा चर्किन्छ, त्यही निहुँ पारेर ५८ साल फर्किन्छ, उनले स्टाटसमा लेखेका छन्, मिडियावालासँग डिजाइन छ, गणतन्त्र विरुद्ध घृणा फिजाइन्छ, फेसबुके सेसबुके केरा खाऊ, कसैले २/४ पैसा कमाएको पोल लाउन दरबार जाऊ !

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।