बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा कडा गर्न थलिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार अनुसार नयाँ प्रकारको भाइरस भित्रन नदिँन सीमामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको हो ।
अधिकारीहरुका अनुसार सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको छ।
बेलायतबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भए/नभएको पुष्टिका लागि नमुना सङ्कलन गरि हङ्कङ पठाउन लागिएको अधिकारीहरूले जानकारी दिए ।




















प्रतिक्रिया