Logo

टिप्पणी

भारतमा नयाँ प्रकारको भाइरस देखा परेपछि नेपाल-भारत सीमामा कडाइ गरिँदै



बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा कडा गर्न थलिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार अनुसार नयाँ प्रकारको भाइरस भित्रन नदिँन सीमामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको हो ।

अधिकारीहरुका अनुसार सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको  छ।

बेलायतबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भए/नभएको पुष्टिका लागि नमुना सङ्कलन गरि हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।