शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ ।महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
यो पनी
फोनीको असर : पूर्वी हिमाली क्षेत्रमा गृहले गरायो सचेत
नेपाल सरकार गृहमन्त्रालयले भारतमा आएको फोनी चक्रपातको असर नेपालमा पनि परेको भन्दै गृहमन्त्रालयले हिमाली क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले विशेषगरी हिमाली क्षेत्रमा यसको असर पर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
केन्द्रले खिउँसो ११ बजे यस बारे जारी गरेको सूचनामा पूर्बी हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिलेदेखि शनिबा। दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।















प्रतिक्रिया