Logo

विविध

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस



आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

fdfdsfsd-768x432.jpg

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् । विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन । हुन त कोभिड पछिको विश्वमा अझ नेपाली परिपेक्ष्यमा सार्वजनिक यातायातहरु निर्वाध रुपले सञ्चालन हुन नपाएको ६ महिनाभन्दा बढि भइसकेको छ, यसअर्थ यस वर्ष सार्वजनिक यातायातको उपलव्धता अन्य दिनहरुमा पनि अत्यन्त कम छ । विश्वकर्मा बाबाको पूजाको दिन अर्थात असोज १ गतेवाट सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुको मनोवलमा सरकारले कुन ढगंबाट निर्णय गर्नेछ भन्ने कुराचाँही हेरिन बाँकी छ । अरु कुरा जे सुकै होस्, मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन , अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।

वास्तु दिवस

विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो । वास्तुविधा र वास्तुशास्त्रको महत्व विश्वभरि फैलियोस्, कल्याण होस् ।

कन्या संक्रान्ति

आकाश अनि मौसममा दशैंको छापहरु देखिन थालिसकेको छ । बिशाल निलो आकाश मुनी घट्दो गर्मीसंगै शितलता महसुस हुन थालेको छ । बर्षाले चिस्याएका माटाहरु अब सुस्तरि सुक्न थालेका छन् अनि धान खेतका गराहरु प्याट प्याटी चिरा पर्न थालेका छन् । भदौरे धान अनि घैया त पाकिसकेर दशैंकालागि चिउरा समेत कुट्ने तरखर भइसकेको होला । वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी संक्रान्तिहरु। सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो । आजका दिन सुर्य सिंह राशीवाट कन्या राशीमा प्रवेश गर्दछन, यसकारण पनि आज कन्या संक्रान्ति भनिएको हो ।

अरु वर्षहरु झैं सामान्य वर्ष भए अब दशैंमा घर फर्कन गाडीको टिकट, प्लेनको टिकट लगायतका कुराहरुको लाईन बढ्दो हुनेथियो । औंला भाँचीभाँची घर जाने अनि आउने दिन, कार्यलय अनि बिद्यालय बिदाको गणना गरिँदै खुशीको माहोल हुनेथियो तर यसवर्ष त्यस्तो छैन। दशैंकोलागि खसी(बोका, कपडा अनि पारीवारीक जमघटमा लोकप्रिय खेल तासको जोहो भइसक्नुपर्ने समयमा कतिको जागिरको स्थाहित्वमा प्रश्न छ, कतिका व्यापारहरु चौपट भएका छन्, बन्द शटरहरु भित्र सपनाका अंशहरु बोकेर यसवर्ष विश्वभरि नै एउटा त्रास र मन्दीको वातावरण छ । दशैंको रौनक यसवर्ष मास्क अनि घरका छाना भित्र मात्रै सिमीत हुने भय र स्वास्थ सुरक्षा र संक्रमणवाट जोगिने उपायको खोजी अर्कोतर्फछ । भाइरस र जीवीकोपार्जनको यस विश्वव्यापी प्रतिस्पर्धामा सबैलाई सुरक्षित रहन आग्रह छ । कुन कोठामा जमरा राख्ने छलफल पनि सधैंजसो दशैंको मुख्य पारीवारीक वहसको बिषय हुनेगर्छ, यस वर्ष जहाँ हुनुहुन्छ त्यहीँ जमरा र उल्लास रोप्नुहोस्, दशैंको रौनक कम होला तर जीवनको रौनक बैग्लै छ, आशा राखौं शिघ्र राम्रो हुनेछ ।

राष्ट्रिय चलचित्र दिवस

यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ, सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरु कोरोना संक्रमणका कारणले बन्द छन्, कहिले खुल्नेहुन थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरु, कामको कमी भएका सिने जनशक्तिहरु अनि आगामी वर्षहरुको अन्यौल पनि उस्तै छ । यसवर्ष विश्वभरिका सिनेजगतलाई धैर्य अनि प्रतिक्षाको खाँचो छ अनि खाँचो छ थोरै आशा र उर्जाको । शिघ्र सबैकुरा सामान्य होस्, क्यामराको लेन्स खुलोस्, लाइटका बत्तिहरु बलुन, एक्शन र कट सुनिन देसखन थालियोस् । हामीहरु सिनेमाघरमा फेरि जान हतारमा छौं, हामीलाई हसाँउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।
त्यसै गरि हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास पनि रहेको छ ।

सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।

बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।

त्यसै गरि बिसं २०२४ मा हिजो आज र भोली अनि बिसं २०२८ मा परिवर्तन अनि मनको बाँध आदिजस्ता चलचित्रहरु आए । कहिले राते काँईला को त्रास अनि कहिले शंकर को साथ, कहिले ट्रक ड्राइभरको पिरती त कहिले बसन्तीको ईतिहास संगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अहिले आएर कालो पोथी, निभ्न लागेको दियो, देश खोज्दै जाँदा आदिजस्ता बिश्वव्यापी जानसक्ने नेपाली चलचित्रहरु लाई कहिलेकाँही एरिक भ्यालीको क्याराभान अनि हनीहन्टर जस्ता छोटा तर मार्मिक भिडियोहरुले पनि धेरै सिकाएका हुन् ।

भारतीय दक्ष कलाकार अनि प्रविधी आयात गरेर बनाइने शुरुवाती नेपाली चलचित्रहरु अब ५० बर्ष पछिको अवस्थामा आफैंमा निर्भर र बिश्व गुणस्तरका हुन थालेका छन् । यसै क्षेत्रका अध्यन गरेर आएका अनि बुझेका नेपाली बिज्ञ अनि कर्मठ मष्तिष्क र हातहरुले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।

यस बर्ष पनि थाहा आन्दोलनका शुरुवाती रुप चन्द्र बिष्टको जीवनमा आधारित चलचित्र रुदाने लगायत अन्य केही चलचित्रहरु संग दर्शकको ठूलै आशा रहेको छ । दर्पण छाँयाका प्रतिबिम्ब नभुलेको नेपाली दर्शकको हृदय कहिले हाकु काले त कहिले थिन्ले लुण्डुपको मर्मस्पर्शी यर्थाथ अभिनय सँग लुटपुटिएको छ । अब त नेपाली चलचित्र ले पनि करौडौंको व्यापार गर्न थालेको छ भने बिदेशमा पनि नेपाली समुदायको मायाका कारणले बजार बिस्तार भएको छ ।

ग्लयामर र मारकाटबाट पर रहेर पनि चलचित्र उत्कृष्ट बन्न सक्छ भन्ने उदहारण प्रसस्त स्थापीत भएको छ । आरामदायी सिनेमा हल देखि सहज बजार व्यबस्थापन सम्म अब नेपाली चलचित्र पनि एउटा मापदण्ड र अनुभवको उपज भएको छ । असोज १ गतेको यो राष्ट्रिय चलचित्र दिवसलाई अझ भव्य रुपमा मनाउन सकियोस्, चलचित्र बनाउने र माया गरेर हेरिदिने सबैलाई शुभकामना ।

यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ, सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरु कोरोना संक्रमणका कारणले बन्द छन्, कहिले खुल्नेहुन थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरु, कामको कमी भएका सिने जनशक्तिहरु अनि आगामी वर्षहरुको अन्यौल पनि उस्तै छ । यसवर्ष विश्वभरिका सिनेजगतलाई धैर्य अनि प्रतिक्षाको खाँचो छ अनि खाँचो छ थोरै आशा र उर्जाको । शिघ्र सबैकुरा सामान्य होस्, क्यामराको लेन्स खुलोस्, लाइटका बत्तिहरु बलुन, एक्शन र कट सुनिन देसखन थालियोस् । हामीहरु सिनेमाघरमा फेरि जान हतारमा छौं, हामीलाई हसाँउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।

हामी छिटै सिनेमा हलमा गएर नेपाली चलचित्र हेर्न चाहन्छौं, संवाद र चरित्रसंगै हाँस्न, रुन अनि भूल्न चाहन्छौं, हामीलाई समाजको बास्तविक चित्रण देखाउने अनि भावनामा बगाउने चलचित्रहरुको खोजी छ , सबैकुरा शिघ्र सामान्य हुनेछ । क्यामरा र पर्दा दुबै तर्फ लक्षिन बसोस्स , माजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस् , नेपाली चलचित्रलाई माया गरौं

पितृ विसर्जन , औंशी श्राद्ध

यसवर्षको पितृपक्षको अन्त भएको छ, औंशीको दिन यस पक्षको अन्तसंगै अब भोलीवाट नयाँ पक्षको शुरुवात र एकमहिना लामो मलमासको शुरुवात हुँदैछ । असोज १ गते बिसं २०७७ अर्थात सन् २०२० को सेप्टेम्बर १७ तारिखकका दिन पितृ विसर्जन औंशी पर्न गएको हो । मोक्षका देवता श्री हरिको नाममा यस वर्षको सकल पितृहरुको नाममा गरिएको दान, दक्षिणा र तर्पणहरुलाई संकल्प गरिएको छ । पितृलोकका हाम्रा सकल पितृहरुको हामीउपरको अनुकम्पा कायम रहोस् ।

१६ दिनसम्म धर्तिमा रहेका पितृहरु औंशीका दिन पितृलोकतर्फ विदा हुन्छन्, यसअर्थमा यो पितृ विदा या पितृ विसर्जन औंशी कहलिएको हो । श्रद्धा र भक्तिले पितृकर्म गरेका हरेक निष्ठायूक्त परिवारमा पितृहरुले माया र सकारात्मक उर्जाको वर्षा गरिदिन्छन्, यस दिन साबिकका दिनहरुमा झैं औंशीमा देहत्याग गर्नुभएका पितृहरुको श्राद्धकर्म गरिनुका साथै साँझमा पितृ विदाका लागि दिप प्रज्जवलन गर्ने चलन रहन्छ । साँझमा तोरीको तेल र बाटेको कपासको वत्ति बालेर हातमा जल लिएर पितृहरुलाई संझना गर्ने चलन रहन्छ, स्वच्छ मन र कृतज्ञ धारणाले पितृहरुप्रतिको असिम माया र आत्मसाथ नै आजको बिशेषता रहनेछ ।

राष्ट्रिय विज्ञान दिवस

विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाईराख्न आवश्यक छ ।

संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृतिप्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो । आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाँहि सक्दैन । अतः हाम्रो संस्कृति सापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो ।

 

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  १ : २१ बजे