Logo

समाचार

वैशाख २६ गते प्रचण्डको विवाह



सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वैशाख २६ गते विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुगेको अबसरमा दोश्रो पटक बिवाह हुन लागेको हो ।

त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो ।

प्रचण्ड निकट स्रोतका अनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ ।यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।