Logo

राजनीति

समाजवादी पार्टीमा बावुरामले हिसिलालाई यसरी सेटल गरे



संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकिकरण भएर बनेको समाजवादी पार्टी नेपालले जम्बो पदाधिकारी बनाएको छ ।सोमवार काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा गर्दै पदाधिकारी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पदाधिकारीको नाम घोषणा गरेका हुन् । पार्टीको वरिष्ठ नेतामा अशोककुमार राई र सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठलाई घोषणा गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई लगायत छन् ।

महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दवा, रामसहायप्रसाद यादव चयन भएका छन् । उपमहासचिव डम्वर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी छन् ।

सचिवमा मोहम्बद इस्तियाक राई, दुर्गा सोभ, परशुराम बस्नेत र प्रशान्त सिंह छन् । कोषाध्यक्षमा २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादव चयन भएका भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।