Logo

कामना सेवाको “MOBILE BANKING” सेवामा स्तरोन्नती



“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ आमजनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल “MOBILE BANKING” सेवाआज देखि प्रयोगमा ल्याएको छ ।

ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाईमध्यनजर गर्दैहाल संचालनमा रहेको सेवामाकेहीसुविधाहरु थपगरि यो सेवा सार्वजनिकगरिएको हो ।

यो सेवाप्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम,स्कूलतथाकलेजको फि, विद्युत र खानेपानीमहशुलआदीकोभुक्तानी, आफ्नो बैङ्कखाताको रकमअन्य बैङ्क तथावित्तीय सस्थाको खातामारकमान्तरगर्न, इ.सेवा माजम्मागर्न, मोबनइल टप अफ गर्ने जस्ता भुक्तानीहरुमा सहयोगीहुने बैङ्कले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Internet Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १३:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।