Logo

प्रमुख समाचार

यातायात कार्यालयमा बिगबिगी, जता हेर्यो उतै बिचौलिया (भिडियो सहित)



यातायात व्यवस्था कार्यालय सतुंगलमा कार्यालयकै कमजोरीको कारण दलालहरुको बिगबिगी बढेको छ । जसको प्रमुख कारण हो कर्मचारीको लापरवाही । यातायात कार्यालयमा महत्पूर्ण कागजातहरु फाइलिङ गर्ने तरिकामा भने लापरवाही देखिएको छ, जहाँ अव्यवस्थित रुपमा फाइलहरु थुपारिएको छ ।

खोजेको समयमा कागजात पाउन मुस्किल देखिन्छ। कर्मचारीकै कमजोरीको कारण सेवाग्राहीहरु छिटो छरितो काम प्राप्त हुन नसक्दा विचौलियासँग सम्पर्क गर्ने गर्दछन् र छिटो गर्ने नाममा विचौलियाहरु सलबलाउने गरेको तथ्य उजागर भएको छ ।

सेवाग्राहीलाई एकै ठाँउबाट विना झण्झट छिटो छरितो सेवा उपलब्ध हुने अवस्था भए विचौलियाहरुको विगविगी नहुने सर्वसाधारणको ठम्याईँ रहेको छ ।यस कार्यालयमा हरेक दिन हजारौँ सेवाग्राहीहरुलाई सेवा दिनुपर्ने हुन्छ । तर यस्तो अवस्थामा पनि फाइलहरु व्यवस्थित नराख्ने हुँदा सेवाग्राहीहरुको ३० मिनेटमा सकिने कामलाई दिनभरीमा समेत नसकिने गरेको सेवाग्राहीहरु बताउछन् ।

सबै सेवाग्राहीको कार्यव्यवस्थताले गर्दा छिटो काम सम्पन्न गर्न खोज्ने तर कर्मचारीको लापरबाहीले धेरै समय लाग्ने हुदाँ विचौलियालाई पैसा खुवाएपछि छिटो काम सम्पन्न हुने सेवाग्राहीको भनाई छ ।यातायात व्यवस्था विभागले प्रदान गर्ने सेवामा सहज बनाउन सामान्य भन्दा सामान्य कुरामा चासो नदिएका कारण यस्तो अस्त व्यस्त भएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।