Logo

विविध

नगद २ लाख रुपैयाँ लुटपाट



काठमाडौं, काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित एवान क्याफे नजिकबाट सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट नगद २ लाख रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ । 

बा.४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटपाट गरी फरार भएको खबर प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।