Logo

समाचार

सवारी दुर्घटना हुँदा नवलपरासीमा एक जनाको मृत्यु



नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ कसिया (शान्तिचौर) मा तीनवटा मोटरसाईकल एकआपसमा ठोक्किँदा मृत्यु भएको हो ।

दुर्घटनामा पूर्वी नवलपरासीको कावासोती ३ बस्ने वर्ष २८ का डम्बर बहादु गुरुङ्गको मृत्यु भएको हो । ना २९ प ५६४७ नम्बरको पल्सर मोटरसाईकल, ना ३२ प ९०१३ नम्बरको सुजुकी मोटराईकल र लु ३५ प ३४०१ नम्बर प्लेटको स्कुटर एकआपसमा ठोक्किएपछि गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै ना ३२ प ९०१३ सुजुकी मोटरसाईकल चालक बर्दघाट नगरपालिका १० बस्ने कासी यादव रहेको छन् । प्रहरीले यादवलाई दुर्घटनाको विषयमा सोधपुछ गर्नको लागि नियन्त्रणमा लिएको छ भने स्कुटी चालक बाटो मै छोडेर गएपछि स्कुटीलाई पनि नियन्त्रणमा लिएको जिप्रका नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ११:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।