Logo

विविध

गोरु गाडासहित अवैध काठ बरामद



भीमदत्त नगरपालिका-१८ मामाभान्जाचोक नजिकबाट प्रहरीले गए राति गोरु गाडासहित अवैध काठ बरामद गरेको छ । गोरुगाडामा अवैधरूपमा लग्दै गरेको ११ थान -१३ दशमलव ७४ क्युविक फुट) सालको काठ बरामद गरेको छ । भीमदत्त नगरपालिका-१८ का ३७ वर्षीय रमेश चौधरी,सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरी सवार गोरुगाडमा लुकाइछिपाइ ल्याइएको अवस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

बरामद काठसहितको गोरु गाडा आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको छ । प्रहरीले भीमदत्त नगरपालिका-१८ बाट म१ह ४८९ नंको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई आज पक्राउ गरेको थियो । 

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।