Logo

समाचार

के तपाई छुट्नुभयो ? जेठ महिनामा स्वास्थ्य बीमामा आवद्ध हुनेलाई उपचार सुविधा र एक लाख पनी



जेठ महिना देखि स्वास्थ्य बीमामा आवद्ध हुने बिमितले १ लाख रुपैयाँ सम्मको उपचार सुविधा पाउने भएका छन् । यो महिना अघि स्वास्थ्य बीमा आवद्ध हुनेले बार्षिक ५० हजार रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाउँदथे ।

स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलका अनुसार दुई महिना अघि पारित भएको स्वास्थ्य बीमा नियमावलीले तोकेको सुविधा १ जेठ २०७६ देखि लागू हुदैछ ।

उक्त नियमावलीले ५० हजार रुपैयाँ सम्मको उपचार सुविधालाई बढाएर १ लाख पुरयाएको छ । यस्तै बार्षिक तिर्नुपर्ने रकम (प्रिमियम) प्रतिपरिवार २ हजार ५ सयबाट बढाएर ३ हजार ५ सय पुरयाएको छ । नियमावलीले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई १ लाख रुपैयाँसम्मको वीमा निशुल्क गरिदिने व्यवस्था गरेको छ ।

कार्यकारी निर्देशक पोखरेल भने, ‘गत १ जेठ देखि बीमा आवद्ध हुने परिवारले प्रति परिवारलाई (५ जना सदस्य) ३ हजार ५ सय रुपैयाँका दरले प्रिमियम र बार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने छन् । जेष्ठ नागरिकले पाउने सुविधा पनि १ जेठ देखि नै कार्यान्वनयमा ल्याइएको छ ।’

उनले त्यसअघि बार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर सदस्य बनेकाहरुले भने एक बर्षे अवधी नसकिँदासम्म बार्षिक ५० हजार रुपैयाँ सम्मको सुविधा पाउने स्पष्ट पारे ।

नेपालमा अहिलेसम्म ४४ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । अवको केही दिनमै मुटु स्वास्थ्य बीमा लागू गर्ने ४५ औँ जिल्ला हुनेछ । यसै आर्थिक बर्ष भित्र काभ्रे र मोरङ जिल्लामा समेत वीमा कार्यक्रम सञ्चालन गरी तयारी अघि बढेको बोर्डका निर्देशक पोखरेलले बताए ।

याे पनि पढ्नुहाेस् 

अब शिक्षामा नयाँ ब्यबस्था स् प्लस–टुमापनि कानून विषय पढाइ हुने

कक्षा ११ र १२ मा प्रवीणता प्रमाणपत्र तह हटेपछि कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ ।

दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् ।

वि सं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौँको बानेश्वरस्थित सो कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको हो । कलेजमा पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् ।

कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानून विषय पढ्न पाउने छन् । काठमाडौँ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार ०९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।