पश्चिम रुकुममा मारिएका नवराज विक र उनका साथीहरूको लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएका गरिएको छ । जेठ १० गते रुकुम पश्चिम चौरजाहारीका मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिकाका २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी पक्षको आक्रमणबाट परी ६ जनाको मृत्यु भएको थियो ।
अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नवराजको फोटोसहित प्लेकार्ड बोकेर ¥यालीमा मानिसहरु सहभागी भएका छन् ।
‘जातीय विभेद अन्त्य गर, जातीय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्यारालाई कारबाही गर, सरकार भेटियोः न्याय भेटिएन’ सहितको प्लेकार्ड उनीहरुले बोकेका थिए ।
त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक,गणेश बुढा मगर, सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए । त्यसैगरी रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो ।




















प्रतिक्रिया