बिहीबार सुनको मूल्यमा ९०० रुपैयाँको गिरावट आएको छ । आज प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्ला दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला ९७ हजार ५०० रुपैयाँमा खरिद विक्री गर्ने निर्णय गरेको छ ।
आज तेजावि सुनको मूल्य पनि घटेर प्रतितोला ९६ हजार १०० रुयैयाँमा खरिद विक्री भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
प्रतिक्रिया