ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गणतन्त्र पछिको सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरेका छन् ।
आइतबार ओली पक्षले बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले राष्ट्रवादी र विकासवादी नेता ओली नै भएकाले ओलीलाईआफूले समर्थन गरेको प्रष्ट्याए ।
प्रचण्डले पार्टी एकता गर्दा ओलीलाई सर्वमान्य नेता स्वीकारेर अघि बढेको र अहिले आफूलाई चित्त नबुझेपछि ओलीलाई पनि सिध्याउन खोज्ने प्रवृत्ति प्रचण्डको ठिक नभएको टिप्पणी गरे । दाहाल-नेपालले दुई पार्टीका राम्रा पक्ष नभई नराम्रा पक्ष मात्रै लिएर अघि बढ्न खोज्दा विभाजनको स्थिति आएको मन्त्री रायमाझीले बताए ।
तत्कालीन एमाले र माओवादी मिलेर नेकपा भइसक्दा पनि फेरि पूर्व-एमाले एकातिर, माओवादी अर्कोतिर हुन खोज्नु पश्चगामी कदम हुने उनको भनाइ छ।
प्रतिक्रिया