Logo

विविध

हातहतियार सहित पक्राउ



बाँके,डुडुवा गाउँपालिका-१ छोट्की चौखेरीबाट १ थान कटुवा पेस्तोल सहित सोही गाउँपालिका-२ बेतहनी बस्ने २२ वर्षीय दिपक कुमार चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । बझाङ, बुङगल नगरपालिका-३ रनलेखको पार्वती सामुदायिक वन परधारबाट केदारस्युँ गाउँपालिका-६ बस्ने ४२ वर्षीय कर सिंह धामीलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले बन्दुक बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुङगल र अस्थाई प्रहरी पोष्ट बिजगढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  स्थानीय प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  ५ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।