गणतन्त्र आएपछि रातारात देशमा विकास र समृद्धि हुन्छ, नेपाल स्वीजरल्याण्ड र सिङ्गापुर जस्तै बन्नेछ भनेर झुटो सपना बाडेका थियौ । नेपाली जनताले मानेका पनि थिए । तर दिनानुदिन देश सिरिया र अफगानिस्तान कै बाटोमा देखिन थालेको छ ।
परिवर्तनका निमित्त ज्यानलाई हत्केलामा राखेर मैदानमा होमिने त सिर्फ सोझासाझा नेपाली जनताका टाउकाहरु थिए । तिमिहरु बिल्कुलै थिएनौ तर नाम मात्रै अग्रपंक्तिमा थियो। त्यसबखत तिमिहरु धेरै जसो विदेशी खुफिया एजेन्सीको ज्वाइँ बनेर मोजमस्ती गर्दै गिद्द जसरी ढुकेर देशलाई सिनो बनाएर खान तत्पर भएर भारतमा बसेर रमिता हेरेर बसेको थियो ।
अशिक्षित जनताको आँखामा छारो हालेर अशिक्षामा गणतन्त्रको पाठ पढाएका थियौ ।, तर बुझाएका थिएनौ र अहिले तिमिहरुको पुच्छर बनेर घिच्न पाउने आसेपासे बाहेक हामी नेपाली जनताले आफै बुझिसकेका छौ ।
गणतन्त्र भनेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता अपराध गर्न दिईएको स्वतन्त्रता रहेछ । रास्ट्र रास्ट्रीयता र रास्ट्रीय पहिचान सिध्याउन ल्याईएको छाडातन्त्र रहेछ ।
कथित २०६२ र ०६३ को जनआन्दोलन बखत त्यत्रो सत्ता परिवर्तनमा जम्मा २१ २२ जनाको ज्यान गएको थियो । हिजो मात्र रास्ट्रघाती सरकार के बोल्दैछ भने ‘राजतन्त्र माग्नेलाई सिधै गोली हानिन्छ’ । यो केपी ओलिको हिजोको धम्की हो ।
जनचाहना अनुसार राम्रो काम गरेको भए त किन आवश्यक थियो र जनताले राजतन्त्रको कुरा उठाउन रुसायद विल्कुलै जरुरिनै हुदैनथ्यो होला । उठाउने पनि थिएनन । जनता लाई जुन शासन ब्यबस्था ठिक लाग्छ त्यो माग्न त पाउछ होला नि रु तर यो सरकार आफै यो गणतन्त्रको धज्जी उडाइराखेको छ । ओली ज्यु तपाईंले राजतन्त्र माग्नेलाई सिधै गोलि हान्छु भन्नुभयो । तपाईं रास्ट्रघाती निरंकुश ओली साशन जनतालाई लाद्न खोजि राख्नुभएको छ ।
तपाईंको लागी गोली हान्नु वा कसैको ज्यान मार्नु सामान्य कुरा हो। झापा आन्दोलन को नाउ मा त्यत्रो हत्या गर्नुभयो अहिले सत्र हजार का हत्यारा सङ्ग घाँटी जोडनु भएको छ। केही वर्ष अगाडि तराईमा आन्दोलन हुदा नेपाल प्रहरीका एसएसपी सहित दर्जनौं प्रहरी मारिए । आज त्यस घटनाका दोषीलाई उन्मुक्ति दिदै हुनुहुन्छ। बालकृष्ण ढुङेल जस्ता अपराधी लाई उन्मुक्ति दिनुभयो ।
कम्युनिस्टको धर्म हुदैन भन्ने तपाईं १ लाख डलरमा तपाईंले त्यत्रो राज्य संयन्त्रको दुरुपयोग गरेर तामझामका साथ धर्म परिवर्तन गर्नुभयो । अहिले जनताले न्याय माग्दा तातो गोलि खानुपरेको छ । धेरै सोच्न र टाढा जानै पर्दैन एक ताजा उदाहरण आँखा र मन मस्तिष्क मा घुमिरहन्छ।
निर्मलाकाण्ड मा नि जनताले गोली खाएकै हो न्याय माग्दा मान्छे मारिएकै हो तर देशमा राजतन्त्र सत्ता नै परिवर्तन हुँदा २१ २२ जनाको ज्यान गएको थियो । त्यत्रो सर्वसाधारण सडकमा आउदा राजाले जनताको माया भएर नै सहजै जनताको नासो जनतालाई नै सुम्पिदिए ।
उनले चाहेको भए लिबियाका रास्ट्रपति मोहम्मद गद्दाफीले जस्तै लाखौं आन्दोलनकारी मारेर आफ्नो सत्ता लम्ब्याउन सक्थे तर उनले त्यसो सोचेनन । यसबाट प्रस्ट हुन्छ कि राजालाई जति देश र जनताको माया कुनै नेताको रुपधारी तिमिहरु जस्ता दलालहरुलाई हुदैन । अहिले जंगलमा सिंह गर्जिदा स्यालहरुको सात्तो उडेर बरबराउन थालेका छन। दुई तिहाइको दम्भले कदापि स्याल सिंह बन्न सक्दैन ।
आम नेपाली जनताको नजरमा रास्ट्रघाती प्रमाणित भैसकेको कथित दुई तिहाइको कमाउनिस्ट सरकारको लुटतन्त्र बुझेर नेपाल जनताले मन भित्र बाट नै राजा सहितको प्रजातान्त्रिक ब्यबस्था माग्न थालेपछी डर धम्की दिदै निरंकुश महाराजा बन्न खोज्दै छ । हिजोको पत्रकार सम्मेलनमा के बोलिएको छ ? राजाको वकालत गर्नेहरूलाई सिधैगोलि हान्छु भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ? अब कति समय रास्ट्रबादी नारा दिएर जनता झुक्याउन सक्नुहुन्छ प्रधानमन्त्री ज्यु ?
अब तपाईहरुको व्यबहार ले नेपाली जनता वाक्क भैसकेका छन् । यस बाट पनि प्रष्ट हुन्छ कि पुर्ब माओवादीमा लागेर दश वर्ष सम्म ज्यानलाई हत्केलामा राखेर प्रचण्ड लाई यहाँ सम्म पुर्याउने पुर्व लडाकुहरु नै स्वस्फूर्त रुपमा संगठित भएर अहिले राजसंस्थाको पक्षमा आवाज उठाइरहेका छन् ।
हरेक राजतन्त्र र गणतन्त्रको वकालतको अन्तरवार्ताको सामाजिक संजालको प्रतिक्रिया हेर्दा थाहा हुन्छ कि आम नेपाली जनता यो कालो गणतन्त्र प्रति असन्तुष्ट छन रु यो वातावरण तिमिहरुलेनै सिर्जना गरेका हौ । अब नेपाली जनता ले बुझिसके अब तिमिहरुको आसेपासेले नि बुझ्ने समय आइसकेको छ ।
अन्तिममा, हिजो प्रधानमन्त्रीले ‘राजतन्त्र माग्ने लाई सिधै गोली हानिन्छ’ भनेका थिए। तपाईंलाई खुल्ला च्यालेन्ज गर्छु कि सक्छौ भने मलाई गोलि हानेर देखाउ किन कि म भन्छु “राजा आउ देश बचाउ “





















प्रतिक्रिया