पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकबाट मकवानपुर थाहा नगरपालिका-११ पालुङ बस्ने ३४ वर्षीय रबिन तामाङलाई करीब १ सय ७ केजी अवैध लागूऔषध चरेश सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना.६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त चरेश फेला पारी ट्रक चालक तामाङलाई सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी खोलाबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो सहित राक्सिरा गाउँपालिका-९ बस्ने २८ वर्षीय बुद्धिमान तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष कुमार शर्मालाई करिब २ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले शर्मालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया