Logo

विविध

चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो टोकेर दुई टुक्रा



एक पूर्व प्रेमिकाले आफ्नो पूर्व प्रेमिलाई चुम्बन गर्ने बहानामा जिब्रो टोकेर आधा बनाइदिएकि छिन् ।यो घटना स्पेनको राजधानी बार्सिलोनामा घटेको हो ।

जिब्रो टोकेर आधा भाग छिनालेपछि भुइँमा थुकिदिएकी थिइन् । यो घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

घटना विवरण अनुसार पूर्व प्रेमिकाले पूर्व प्रेमीलाई देख्ने वित्तिकै अंगालो मार्न चाहेको बताएकी थिईन् । अंगालो मारेपछि अन्तिम पटक चुम्बन गर्न चाहेको बताएपछि दुवैजना चुम्बनमा मस्त भएकै बेला प्रेमिकाले प्रेमीको जिब्रो टोकेर दुई टुक्रा पारिदिएकी थिइन् ।

सन् २०१६ मा शुरु भएको उनीहरुको प्रेम दुईपटक ब्रेक अप भइसकेको जनाइएको छ ।ती महिलाले प्रहरीलाई दिएको बयानमा प्रेमीले घाँटी थिच्ने प्रयास गरेकाले आफूले सहन नसकेर जिब्रो टोक्नु परेको बताएकी छिन् ।

अदालतमा प्रवेश नपाइसकेको यो मुद्दाले कस्तो रुप लिन्छ विश्वभरी चासोका साथ हेरिएको छ । ती पूर्व प्रेमी प्रेमिकाको नाम भने गोप्य राखिएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।