Logo

 रेबिका गुरुङलाई सोल्टीनी भन्दै आए दयाहाङ राई (भिडियो सहित) 



गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सोल्टीनी सार्वजनिक गरिएको छ।

प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ । समाज सेवी गायकका रुपमा परिचित लिम्बुको यस अघि थुप्रै गीत सार्वजनिक भई सकेका छन्।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन् । सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। गिरिराज घिमिरेको सह निर्देशन रहेको भिडियोलाइ सन्तोष शाहले सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन रहेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार १४:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।