पर्वत, पर्वतको महाशिला गाउँ पालिकामा प्याराग्लाइडिङकाे पहिलो पटक परिक्षण उडान सफल भएको छ ।
शनिबार महाशिला गाउँपालिका वडा ३ बालाकोटको रमणीय पर्यटकिय क्षेत्र मुसुरबारि डाँडाबाट परिक्षण उडान सफल भएको प्याराग्लाईडिङ संयाेजक लाल प्रसाद गुरुङले बताउनुभयाे । दिउँसो करिब साढे १ वजे गरिएको परिक्षण उडान ४५ मिनेटसम्म उडान भएको थियाे ।
महाशिला बालाकाेट क्षेत्र लाई चिनाउन र पर्यटन ब्यबसाय लाई प्रबर्द्धन गर्ने याेजना रहेकाे गुरूङले जानकारी गराउनुभयाे । सफल उडानपछि स्थानीयहरु खुसिले रमाएका थिए । मुसुरबारि डाँडाबाट परिक्षण उडान गरिएको प्याराग्लाइडिङ भिरकोट नगरपालिका ५ स्थित सोरेक मैदानमा अवतरण गरिएको थियो । साेही अबसरमा पाेखराबाट गएकाे कलाकारहरूले कन्सर्ट सहित बालाकाेट ३ का युबाहरूकाे उपस्थितीमा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएकाे थियाे ।
अहिले भएकाे प्याराग्लाईडिङ उडान सम्बन्धी कार्यक्रम भिरकोट नगरपालिका वडा नम्बर ९ स्याङ्जाका वडा अध्यक्ष भिम गुरुङ र वडा नं ५ सदस्य तथा पाईलट नवीन थापा मगर सहित संयाेजक लाल प्रसाद गुरूङले ९ महिना अगाडी बाटै विशेष छलफल गर्नु भएकाे थियाे । पुनः प्याराग्लाईडिङ संघ र पाईलट सहित छलफल गरि केही दिन पछी सामुहिक १० जनाकाे टाेली सहित साेरेक देखी गाउँपालिका वडा नम्बर ३ बालाकोट मुसुरबारी डाडाँमा अबतरण गरिने र पुनः साेरेक मैदान सम्म उडान गरिने संयाेजक लाल प्रसाद गुरूङले बताउनुभयाे ।
प्याराग्लाइडिङ परिक्षण उडानको सफल भए सगै महाशिला वडा नम्बर ३ का अध्यक्ष रोशन गुरुङले अव सरकारबाट अनुमति लिएर यसै क्षेत्रबाट प्याराग्लाइडिङ उडानको व्यावसाय अघि वढाउने योजना रहेको बताउनुभयाे । साे स्थान लाई बिस्तार गरि भाैतिक संरचना पनि निर्माण गरिदै पिकनिक स्थलका रूपमा बिस्तार गरिदैछ ।
प्रतिक्रिया